राजन कुमार बानिया

पोखरिया,पर्साको धोबिनी गाउँपालिकाको गाउँसभा अँझै हुन सकेको छैन । असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने गाउँसभा चालु आर्थिक वर्ष २०८०-८१ सुरु भएपछि पनि सम्पन्न हुन नसकेको हो ।गाउँसभा नहुँदा चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउन सकेको छैन । समयमै नीति, कार्यक्रम तथा बजेट नआउदा विकास निर्माणको काम सुरु हुन ढिलाई हुने र विकास निर्माणको बजेट रकम पनि काटिएर आउने गाउँ कार्यपालिका सदस्यहरुले जानकारी दिनुभएको छ ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र सबै स्थानीय तहरुले गाउँ तथा नगरसभा सम्पन्न गर्न पत्रचार गरेको थियो । समयमै गाउँसभा नगरे संघले अनुदानको रकम नपठाउने मन्त्रालयले चेतनावनी समेत दिएको थियो । तर धोबिनी गाउँपालिकाका जनप्रतिनिधिहरुको बीचको विवाद र आपसी भागबन्डा नमिलेको कारण गाउँसभा हुन सकेको छैन ।जनप्रतिनिधिहरु बीचको आपसी विवाद र बजेट भागबन्डा कुरा नमिल्दा गाउँ सभा हुन नसकेको जनप्रतिनिधिहरु नै स्वीकार गरेकाछन । विगत झै यस वर्ष पनि आ–आफ्नो भागमा बढी योजना र बजेट पार्न जनप्रतिनिधिहरुले अडान लिएका कारण गाउँसभामा ढिलाई भएको बताइएको छ ।असार मसान्तभित्र वीरगन्ज महानगरपालिका, पोखरिया, बहुदरमाई, पर्सागढी नगरपालिका, पटेर्वा सुगौली, जिराभवानी, ठोरी, जगरनाथपुर, छिपहरमाई, कालिकामाई, पकहामैनपुर गाउँपालिकाले गाउँ सभाबाट तथा नीति कार्यक्रम पारित गरेका छन् । धोबिनी, बिन्दबासनी र सखुवाप्रसौनी गाउँपालिकामा गाउँसभा बस्न सकेको छैन् ।यसबारे धोबिनी गाउँपालिका उपाध्यक्ष मन्जुदेवी कुर्मीले गाउँपालिका अध्यक्ष मदन चौहानले एकलौटी गर्ने खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरु धेरै दिनदेखि भनिरहेको छौं कि बोर्ड बैठक बसालेर विभिन्न बिषयमाथि छलफल गरि निर्णय गर्नुपर्यो । गाउँपालिकाबाट निकालिएका कर्मचारीहरुलाई बहाल गरिनु पर्ने र गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मिति तोक्नु पर्यो भन्दा गाउँपालिका अध्यक्षले मान्नु भएको छैन् ।’यस विषयमा गाउँपालिका अध्यक्ष मदन चौहानले बैठकको पत्र काटेको तर उपाध्यक्षलगायतले विभिन्न बहाना बनाएर बैठक बस्न नमानेको दाबी गर्नुभयो । गाउँपालिकाको नीति तथा कार्यक्रम असार १० गते गर्ने भने पनि उहाँहरु आफैले १८ गते राख्ने भन्नुभएको थियो । त्यो दिन पनि विभिन्न बहाना बनाएर नआएपछि स्थगीत गर्नुपर्याे ।’ बोर्ड बैठक राख्न आफूलाई कुनै आपत्ति नभएको उहाँले बताउनुभयो ।

Leave a Reply