पर्सा जिल्ला भौगोलिक रुपमा ठूलो छ । जिल्लामा वीरगन्ज सहितका ठूला शहरहरु पनि छन् । वीरगन्जसंग पर्सा अधिकांश क्षेत्रको भूगोल जोडिएको छ र यसका लागि वीरगन्जको तिलावे पुलले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तिलावे पुल बन्नुभन्दा पहिला नागरिकहरुको सदरमुकाम वीरगन्जसंगको सम्पर्क थिएन ।

तिलावे पुल निर्माणका लागि जिम्मा लिएको कम्पनीले समयमा काम सम्पन्न नगरेका कारण आज तिलावे पुलको अवस्था जगजागर नै छ । पर्साकै एकजना ठेकेदारका कारण पनि काम समयमा नभएको भन्दै स्थानीय युवाहरु सक्रिय भएपछि स्थानीय प्रशासनको पहलमा तिलावे पुल समयमा बनाउने सहमति भएको छ । हुन त नेपालमा विकास निर्माणका धेरै आयोजनाहरु ठेकेदार पक्षको लापरबाहीका कारण अलपत्र पर्दै आएका छन । अलपत्र योजना कार्यान्वयनको लागि पटक पटक सहमति हुने तर कार्यान्वयन नहुने समस्याले नेपालको पूवार्धार विकासको क्षेत्र प्रभावित बनेको छ । सहमति गरेर काम नगर्ने त्यस्ता कम्पनीलाई कारबाहीको दायरमा ल्याउने बारेमा पनि सरकारले ध्यान दिन सकेको पाइदैन ।

तर पर्साको तिलाबे पुल निर्माण गर्ने बारेमा अन्तिम पटक भएको यो सहमति नतोडियोस् । यो सबैको चाहना हो । सबैले यही कामना पनि गरेका छन् । तिलावे पुल बनाउनका लागि ठेकेदार कम्पनीले जनाएको सहमति अब हुबहु कार्यान्वयन नभएको अवस्थामा फेरिपनि पर्साबासीले छाड्ने छैनन् यो बिषयमा सचेत हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here