निजगढ,बारा प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाखभन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद गरेको छ ।प्रहरीले जिल्लाको निजगढ नगरपालिका– ८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको हो ।विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले सो मूल्य बराबरको १६ वटा कार्टुन ईलेक्ट्रोनिक सामान बरामद गरेको जनाएको छ ।महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०७४४ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा ईलेक्ट्रोनिक सामानको बिलबिजक शंकास्पद देखिएपछि बरामद गरिएको हो ।बरामद ईलेक्ट्रोनिक सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।


















