निजगढ,निजगढ नगरपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ निजगढ नगर समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।निजगढको शहिद चोकमा भएको रक्तदानमा १० जना महिला सहित ८० जनाले रगत दान गरेको नेविसंघ निजगढका सभापती ईश्वर सापकोटाले जानकारी दिनुभयो । नगर सभापती सापकोटाको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।रक्तदानमा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो ।

Leave a Reply