जियालाल चौधरी

कोल्हबी,विश्व मत्स्य दिवसको अवसरमा आइतबार बाराको कोल्हबी नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।

माछा व्यवसाय संघ बाराका अध्यक्ष एंव कोल्हबी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिरेन्द्र चौधरीको अध्यक्षता र कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल मत्स्य व्यवसायिक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मधुसुदन अधिकारी, केन्द्रीय सदस्य शिवहरी आचार्य, जिउदो माछा संघ बाराका अध्यक्ष जंगबहादुर साह, ग्रामीण उद्यम विप्रेषण योजना सम्वृद्धिका प्रतिनिधि राकेश झा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाराका प्रतिनिधि दीपककुमार मिश्र, कृषि बिकास बैंक शाखा कोल्हबीका प्रमुख सुरेशकुमार चौधरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ बाराका प्रमुख शंकर साह, कोल्हबी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पुरनदेव चौधरी, श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालय सपहीका अध्यक्ष एंव समाजसेवी तपेश्वर राय थारु, नेकपा एमालेका जिल्ला कमिटी सदस्य गोबिन्द पौडेल लगायतले कार्यक्रममा बोल्नु मत्स्य व्यवसायको बारेमा भएको थियो ।

कार्यक्रममा बोल्दै कोल्हबी नगरपालिकाका नगर प्रमुख भण्डारीले कोल्हबी नगरपालिकालाई माछा क्षेत्र पालन व्यवसायमा विश्वमा नै चिनाउने र नगरपालिकाभित्र रहेका किसानहरुले व्यवसायमा नयाँनयाँ प्रविधि ल्याउने र नगरपालिको तर्फबाट हरेक किसिमको सहयोग दिनेमा उहाँले जोड दिनु भयो ।

उक्त कार्यक्रममा समाजसेवी, बुद्धिजीवी सुरक्षाकर्मी, संचारकर्मी, माछापालक किसानलगायतका उपस्थिति रहेको थियोे । कार्यक्रममा स्वागत मन्तव्य संघका सचिव संजय चौधरीको रहेको थियो भने कार्यक्रमको संचालन दीपक कार्कीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here