जियालाल चौधरी,

कोल्हवी,बाराको कोल्हवी नगरपालिका वडा नम्बर ९ मा शान्तिवृद्धा पुस्तकालयको उद्धाटन तथा वृद्ध सम्मान कार्यक्रम सम्पन्न भएको छ ।शान्ति वृद्धा फाउन्डेसनले पुस्तकालय उद्धाटन र वृद्धवृद्धाहरुको सम्मान गरेको हो । फाउण्डेशनका अध्यक्ष प्रेमनारायण चौधरीको अध्यक्षता र कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस कोल्हवी नगर कमिटी सभापति बिरेन्द्र चौधरी, नेकपा एमाले नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, नागरिक उनमुक्ति पार्टी कोल्हबी नगर अध्यक्ष भुवन चौधरी, कोल्हवी नगर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी साहलगायतले कार्यक्रममा बोल्नुभएको थियो ।कार्यक्रममा बोल्दै कोल्हबी नगरपालिकाका प्रमुख चौधरीले सबैले जेष्ठ नागरिकहरुको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले बृद्धबृद्धाको समाजको लागि अनुभव र ज्ञानको खानी भएको बताउदै उनीहरुले देखाएको बाटोमा लाग्न सके समाज विकासमा समय नलाग्ने बताउनुभयो । उहाँले उनीहरुको सम्मानले मात्रै असल समाजको निर्माण हुने पनि बताउनुभयो ।कार्यक्रममा वडा नम्बर १ की जेष्ठ नागरिक तुरनी थरुनी, वडा नम्बर २ की मनकुमारी बस्नेत, वडा नम्बर ३ की पलटीदेवी चौधरी, ४ का नरबहादुर भण्डारी, ५ की तारादेवी आचार्य, ६ की बलकेसिया थरुनी, ७ की मैया देवी मुखिया, ८ का इन्द्रबहादुर नेपाल, ९ का शिव कलिया देवी थरुनी, १० की ढ्कनी देवी तेलिन, ११ की छठिहा देवी मलाहिनलाई सम्मान स्वरुप नगद, पोशाक र सम्मानपत्रले सम्मान गरिएको थियो ।कार्यक्रममा कोल्हवी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी, कोल्हवी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी, ९ का दलबहादुर चौधरी, तामागढी साझेदारी वन समुहका अध्यक्ष रबिन्द्र पनुहर, नगर उद्योेग वाणिज्य संघ कोल्हवीका संस्थापक अध्यक्ष महेशकुमार साह, ईलाका प्रशासन कार्यालय कोल्हवीका प्रमुख नविन चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख भोलामान सिंह अधिकारी, सशस्त्र सुरक्षा बेस क्याम्प कोल्हवीका प्रहरी नायब निरीक्षक विश्वनाथ यादव लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा स्वागत मन्तव्य प्रकाश चौधरी र कार्यक्रमको संचालन धिरेन्द्र पनुहरले गर्नुभएको थियो ।

Leave a Reply