हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ मा बिहीबार मानव बेचबिखन न्यूनिकरणका सवालमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

 

 

 

म्हिला अधिकार मंच वडा नम्बर १७ की अध्यक्ष रीता दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला,१७ का अध्यक्ष भैरव बहादुर राइ,१७ कै वडा सचिव सीताराम रिमाल,कार्यपालिका सदस्य शंकर बहादुर राई,किसान दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष उद्धव सत्याल ,मानव अधिकार महिला एकल महिला समूहकी कोषाध्यक्ष निर्मला पौडेल लगायतले आप्ना बिचार राख्नुभएको थियो ।

 

 

 

 

 

सो अवसरमा मानव बेचबिखन बिरुद्धको बर्तमान कानुनको अवस्थाका बिषयमा जिल्ला कानुनी सहायता समिति मकवानपुरकी अधिवक्ता अप्सरा बस्नेतले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here