मन्हर्वा – मंगलबार अपराहन्न बारामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका ८ कोतवाली बस्ने दुखा साह कानु रहेको बारा प्रहरीले जनाएको छ । कानुको आफ्नै ज्याज बारीमा पानी पटाउने क्रममा विधुतिय मोटरमा करेन्ट सर्ट भई घटनास्थलमा मृत्यु भएको बाराका प्रहरी नायव उपरिक्षक गौतम् मिश्रले जानकारी दिए ।