सिमरा,त्रिभुवन राजपथअन्तर्गत पथलैया–हेटौंडा सडकखण्डको तीन नम्बर पुलस्थित बस्तीमा शुक्रबार बिहान डोजर चलाइएको छ ।डिभिजन वन कार्यालय बारा, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको संयुक्त टोलीले बस्ती खाली गराउन डोजर प्रयोग गरेको हो ।

डिभिजन वन कार्यालय बाराका अधिकृत ललनराउत कुर्मीले वन तथा निकुञ्ज क्षेत्र मिचेर निर्माण गरिएका संरचना हटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा रहेका ३८ वटा घरटहरा भत्काइने छन् । ‘बस्ती खाली गर्न पटक–पटक माइकिङ र लिखित सूचनामार्फत जानकारी गराइएको थियो । अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको हो’ कुर्मीले भन्नुभयो ।

तर स्थानीय व्यवसायीहरूले भने आफूहरूमाथि राज्यले दमन गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार सडक विभागले दुई साताअघि सूचना जारी गरेपछि सडक सीमाभन्दा २५–२५ मिटर टाढा आफैं हटिसकेको अवस्थामा एक्कासि डोजर चलाइएको हो ।झण्डै पाँच दशकदेखि बसोबास रहेको तीन नम्बर पुल क्षेत्र सवारी चालक र यात्रुहरूको विश्रामस्थलका रूपमा परिचित छ । उक्त क्षेत्रमा होटल व्यवसाय सञ्चालन हुँदै आएका थिए ।

Leave a Reply