सिमरा,साना किसान कृषि सहकारी संस्था लिमिटेड सिमराको छैठौ साधारण सभा बिहीवार एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एंव संस्थाकी अध्यक्ष कमलाकुमारी रिमालले कार्यक्रमको उदघाटन गर्दै सहकारी संस्थालाई दिगो रुपमा चलायमान बनाइ राख्न संस्थाका पदाधिकारीहरुको भूमिका जति महत्वपूर्ण हुन्छ शेयर सदस्यहरुको पनि भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो । संस्थाको जिम्मेवार पदमा रहेर पदाधिकारीहरुले संस्थाको प्रगति उन्नतिमा अहोरात्र खटे पनि शेयरधनी, सेवाग्रहीहरुको उचित सल्लाह सुझावले नैं संस्थाको विकासमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले सहकारी संस्था सबैको साझा संस्था भएकोले सहकार्य गरेर अघि बढनु पर्ने बताउनुभयो । ‘सबैको साझा र निरन्तरको प्रयासबाट नैं हामी सफल हुदै आएका छौं, उहाँले भन्नुभयो, संस्थालाई थप सफल बनाउन पदाधिकारी, शेयर सदस्यहरुको जस्तै कर्मचारीहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहन्छ ।’

स्थापनाकालमा ४७ जनाबाट ४ हजार ७०० शेयर पूजी संकलन गरेर स्थापना भएको संस्थाको हाल १ हजार ३ सय ३९ जना शेयर सदस्य रहेका छन । संस्थामा १ सय ७७ वटा समुह रहेका छन भने ५ सय ३६ जनालाई ऋण सहयोग प्रदान गरि सकेको छ । संस्थाको ८ वटा अन्तर समुह पनि रहेका छन । संस्थाले २०७८ असार २९ गतेसम्मका १ करोड २२ लाख १६ हजार ३ सय शेयरपूजी संकलन गर्न सफल भएको छ । त्यसैगरी २ करोड ४८ लाख ७८ हजार ८ सय ८५ रुपैया बचत संकलन गरेको छ भने, ५ लाख २६ हजार साना किसानले लघुवृत्त वृत्तिय संस्था हेटौडाबाट ऋण लिएको जनाउदै ८ करोड २९ लाख ७७ हजार ७ सय ४७ रुपैया विभिन्न उद्देश्यमा संस्थाले लगानी गरेको संस्थाका सहजकर्ता कुलोत्तम पोखरेलले जानकारी दिनुभयो ।

सोही अवसरमा संस्थाले शेयरधनी सितादेवी धिताल र लोकबहादुर पोखरेललाई दोसल्ला ओढाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा समाजसेवी सोहन शर्मा, सावित्री देवी पिप्ले, पुनमदेवी महत्तो, मिरा पुरी, श्यामा सापकोटा, पत्रकार जीतलाल श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष मञ्जु देवी बानियाले गर्नुभएको थियो । संस्थाका अध्यक्ष रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहजकर्ता कुलोत्तम पोखरेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here