????????????????????????????????????

कृपा संवाददाता
बिरगंज – कोरोना संक्रमितको लागी नारायणी अस्पालमा गरिएको तयारी बारे सांसद प्रदिप यादवले चासो लिएका छन् । सामेबार दिउसो नारायणी अस्पतालको स्थलगत अनुगमन गर्दै कोरोना संक्रमितको लागी गरिएको पुर्व तयारीको बारेमा अस्पताल प्रमुखसँग सोधपुछ गरेका छन् । सासंद यादवले अनुगमनमा संक्रमितका लागि वीरगन्जको नारायणी अस्पतालमा स्थापना गरिएको आइशोलसन वार्ड नै फोहोर तथा दुर्गन्धित रहेकाले सुधार गर्न निर्देशन दिएका हुन् ।

 

 

 

 

 

नारायणी अस्पतालको महेन्द्र आरोग्य भवनको भुइ तल्लाको कोठामा अस्पतालले कोरोना संक्रमितका लागि ५ शैयाको आइशोलेसन वार्ड स्थापना गरेको छ । आइशोलेसन वार्ड स्थापना गरिएको कोठा भित्र माकुराको जालो दिखिए पछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई सफा सुगर राख्न निर्देशन दिएको हो ।

 

????????????????????????????????????

 

 

निरिक्षणका क्रममा आइशोलेसन वार्ड फोहोर र दुर्गन्धित देखेपछि सांसद यादवले तत्कालै सरसफाइ गरेर वार्डलाई सफासुग्घर र स्वच्छ बनाउन अस्पतालका मेसु डाक्टर मदन उपाध्यायलाई निर्देशन दिए । स्थलगत अनुगमन पछि संचारकर्मीसंग कुरा गर्दै सांसद यादवले कोरोनाको संक्रमीत राख्नका लागि अस्पतालमा स्थापना गरिएको आइशोलेसन वार्डमा चरम लापरवाही गरिएको बताए ।

 

 

 

 

उनले भने ,‘ संक्रमीतलाई राख्न बनाइएको वार्ड नै सफा छैन , जालो र धुलोले ढाकेको छ , यस्तो कोठामा यदि कोहि संक्रमीतलाई राखियो भने उ झन अर्कै रोगले संक्रमीत बन्छ । अस्पतालको पुरानो भवनमा रहेको स्टोर रुममा स्थापना गरिएको आइशोलेसन वार्ड कुनै दृष्टिले सुरक्षित नरहेको भन्दै उनले भने ,‘ वार्ड भित्र पस्ने बितिक्कै ढुसी गन्हाइरहेको छ , यसलाई सफाइ गरेर सुधार गर्न मेसुलाई निर्देशन दिएको छु ।

 

 

 

 

 

निरिक्षणका क्रममा नारायणी अस्पतालको पनि अवस्था लथालिङग भेटिएको सांसद यादवले जानकारी दिए । टर्सरी अस्पतालका रुपमा स्तरोन्नत्ती गरिएको भएपनि अस्पतालमा सेवा सुविधा थपिनुको सटटा अस्पताल झन धराशायी बन्दै गएको पाइएको सांसद यादवले दावी गरे ।

Leave a Reply