कलैया,बाराको फेटा गाउँपालिकाको विभिन्न स्थनाबाट बरामद अबैध मदिरा प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनी, बाराले फेटा गाउँपालिका क्षेत्र भित्रबाट बरामद गरेको १ हजार ३ सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो । फेटा गाउँपालिका वडा नम्बर १ स्थित खैरातीमाई मन्दिर क्षेत्र र त्रिबेणी खोला र सामुदायिक वनको छेउछाउँबाट अबैध तरिकाले सञ्चालन गरेको भट्टी भत्काई प्रहरीले १३ सय लिटर कच्चा मदिरा पनि नष्ट गरेको छ । नदीको छेउँमा मदिरा खन्याई प्रहरीले नष्ट गरेको र मदिरा उत्पादन गर्न प्रयोग गरिएको बरामद भाँडाकुडा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय प्रसौनीले जनाएको छ ।