पुष्पराज खतिवडा
मनहर्वा,प्रहरीले गत आर्थिक वर्ष २०७७÷०७८ मा ४७ वटा बैकिंङ्ग कसुर (चेक वाउन्स )का मुद्दा गर्दा गरेको छ । खातामा पैसा नभएको चेकमार्फत झुटो कारोबार गर्ने विभिन्न ३८ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको बारा प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष ०७७÷०७८ मा रकम बिनाको चेक दिएर कसुर गर्नेहरुको संख्या समेत ह्वात्तै बढेको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम् मिश्रले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७५÷०७६मा शुन्य रहेको यो अपराध ०७६÷०७७ मा ९ वटा मात्रै प्रहरीमा आएको थियो । तर ०७७÷०७८मा एकाएक ४७ वटा पुगेको उहाँले बताउनुभयो ।
‘पिडीतको जाहेरीका आधारमा ३८ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ, डिएसपी मिश्राले भन्नुभयो, अझै फरार रहेका ९ जनाको खोजी कार्य भइरहेको छ ।’
बैङ्कको चेकमार्फत विभिन्न कारोबार गर्ने तर खातामा पैसा जम्मा नगरेर बद्नियत राख्नेहरुका कारण यस्ता घटना बढेको उहाँको भनाइ थियो । बैंकिङ्ग कसुर तथा सजाँय ऐन २०६४ ले बैंकिङ्ग कारोबारमा हुने जालसाँजी र बैंकिङ्ग प्रणालीलाई नै हानी नोक्सानी पु¥याउने गरी गरिने कृयाकलापलाई कसुर मानेको छ । आफ्नो बैंकमा पैसा नै नभएको अवस्थामा चेक लेखेर दिनु हुँदैन भन्ने बैंकिङ्ग कसुर तथा सजाँय ऐन २०६४ मा उल्लेख छ ।
खातामा पर्याप्त पैसा नभएको जानिजानी चेक काट्ने व्यक्तिलाई बैंकिङ्ग कसुर गरेको मानी सजाँय गर्ने कानुनी व्यवस्था छ । यस्तो कसुर गर्ने व्यक्तिलाई बिगो भराई बिगो बराबर जरिवाना र ३ महिनासम्म कैद सजाय हुने उल्लेख छ । चेक बाउन्स भएको मितिले ६ महिनाभित्र पिडितले कानुनी उपचार खोज्न सक्ने कानुनी ब्यवस्था रहेको डिएसपी मिश्रले बताउनुभयो ।
यस्तै बारा प्रहरीले विगत ३ आर्थिक वर्षमा ७ सय ५१ वटा अभद्र व्यवहार सम्बन्धि मुद्दा समेत फर्छौट गरेको जनाएको छ । पछिल्ला ३ वर्षमा २ हजार ६ सय ६ वटा विभिन्न कसुरका उजुरी दर्ता भएकामा २ हजार ३४ वटा उजुरी पर्छौट गरिएको बारा प्रहरीले जनाएको छ । दर्ता भएका उजुरीहरु कर्तव्य ज्यान, बहुबिवाह, बाल यौन दुरुपयोग, चन्दा, आत्माहत्या, कुटपिट, जवरजस्ती करणी लगायत रहेको बारा प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।