वीरगन्ज, पर्सामा तस्करीजन्य गतिबिधिहरु बढेको पाइएको छ । प्रहरीकै संलग्नतामा दिनमा र रातको समयमा बिभिन्न सामानहरुको भन्सार बिना ओहोरदोहोर राउनेक्रम बढेको नाका क्षेत्रका स्थानयहरुले बताएका छन् । रक्सौलबाट वीरगन्जमा सामान ल्याएर बिक्री गर्दै आइरहेका एकजना ब्यापारीले आफूले र्दुइ बर्ष देखि निरन्तर यो काम गर्दे आइरहेको र हाल भने केही सहज भएको बताएका छन् । उनले पर्सामा नया प्रहरी उपरीक्षक आएपछि मासिक प्रहरीलाई बुझाउने दररेटमा पनि परिवर्तन भएको बताएका छन् । पहिला मासिक १२ हजारसम्म दिएर निर्वाध सामान ओसारपसार गर्न पाउने भएपनि अहिले भने मासिक ३० हजार दिन परेपछि आफूले मासिन दिन छाडेको बताए । मासिक दिन छाडेपछि भने प्रहरीले दुःख दिने गरेको र आफ्नो सामानहरु खोस्ने गरेको बताएका छन् । उनले ग्याँस लगायतका बिभिन्न बस्तुहरु रक्सौलबाट वीरगन्ज ल्याएर बिक्री गर्ने गर्दछन् । उनका अनुसार वीरगन्जको बिभिन्न नाकाबाट रातको समयमा हजारौं ब्यक्तिहरु सामान लिनका लागि रक्सौल जाने र आउने गर्दछन् । ठूलो गाडीमा समेत सामानको तस्करी हुने गरेको उनको भनाइ छ । यद्यपी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले भने सीमा क्षेत्रमा पहिलो लाइनमा सशस्त्र प्रहरी रहने भएकाले पहिलो तस्करीजन्य कृयाकलाप रोक्ने जिम्मा सशस्त्र प्रहरीको भएको र आफूहरु दोश्रो लायनमा रहने भएकाले प्रहरीको भूमिका कम हुने र प्रहरीलाई मासिक रकम दिएको कुरा कसैले प्रमाण पेश गरे कारवाही गरिने जिकिर गर्नुभयो । प्रहरीसंग भएको तथ्यांकले पनि तस्करी नियन्त्रणमा प्रहरी सफल भएको पुष्टी हुने बताउनुभयो । यस्तै सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले आफूलाई यस बिषयमा केही जानकाी नभएको र बुझ्ने प्रतिकृया दिनुभएको छ ।

Leave a Reply