रौतहट,नेकपा एमालेका पोलटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले देशमा ठूला भनाउने मीडियाहरुले एमाले पार्टी विरुद्धमा भ्रम छर्ने गरेको टिप्पणी गर्नुभएको छ ।रौतहटको देवाही गोनाही नगरपालिकामा आइतवार नेकपा एमाले जिल्ला स्तरीय प्रचारप्रसार भेलालाई सम्बोधन गर्दै उहाँले उक्त टिप्पणी गर्नुभएको हो । एमाले पार्टीको रौतहट जिल्ला ईन्चार्ज समेत रहनुभएका नेता पौडेलले केहि राष्ट्रिय मिडियाहरुको नामै तोकेर भन्नुभयो, ‘तिनीहरु गत निर्वाचनमा कांग्रेस गठबन्धनसंग मिलेर एमाले बिरुद्ध लागेको र आगामी निर्वाचनको लागि अहिलेदेखि षड्यन्त्र गरिरहेका छन ।’समाजवाद र पूँजिवादको विश्लेषण गर्दै उहाँले १ मुठ्ठी अर्थात १ अरबभन्दा कम संख्या भएका पूँजीवादीहरुले भ्रमकै खेतीको भरमा संसारका ६ अरब समाजवादीमाथि राज गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।त्यसैगरी नेता पौडेलले कान्तिपुर दैनिकले आफ्नो व्यक्तिगत फाईदाको लागि कसैको चरित्र बनाउने र कसैको बिगार्ने, कसैलाई माथि उकास्ने तथा कसैलाई तल देखाउने किसिमको मात्र सामाचार लेख्ने गरेको आरोप लगाउनुभयो । ठुला भनिएका मीडियाप्रति आक्रामक रुपमा खनिनुभएका एमाले पोलिटब्युरो सदस्य पौडेलले कान्तिपुर दैनिकले पार्टीे अध्यक्ष केपी ओलीलाई लक्षित गरी अभियान नैं चलाएको जिकिर गर्नुभयो ।नेकपा विभाजनपछि पहिले माधव नेपाल अलग्गिए, रौतहटको हकमा प्रभू साहले पार्टी छोडे, जिल्लाको दुईवटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधिसभाको एमालेको उमेदवार हुँदा पनि समानुपातिक तर्फ ३४ हजार मत आउँनु ठूलो महत्व राख्ने उहाँको भनाइ छ ।प्रतिनिधिसभा निर्वाचनपछि रौतहटमा एमाले भेटिदैनन तपाईँ पार्टीको जिल्ला ईन्चार्ज भएर नजानुस भनेर विपक्षीले आफूलाई भनेको पनि नेता पौडेलले जिकिर गर्नुभएको थियो ।पार्टीको विचारको आधारमा रौतहटका जनता संगठित भएको उल्लेख गर्दै केही समयपछि रौतहट पुरानै लयमा फर्किने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो । एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारीबीच सहकार्यको खाँचो रहेको नेता पौडेलले औँल्याउनुभएको थियो ।कार्यक्रममा मधेस प्रदेश प्रचार संयोजक अरबिन्द कुमार सिंहले हाल कम्युनिष्ट पार्टीको स्कुलिङ्ग बन्द रहेको तथा नेता कार्यकर्ता तामझाम देखाएर ठुला नेताको चाकरीमा अल्झेको आरोप लगाउनुभयो ।त्यसैगरी पार्टी केन्द्रीय सदस्य उद्वव रेग्मी, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, केन्द्रीय लेखा आयोग सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष सच्चिदानन्द साह, प्रेस चौतारीका केन्द्रीय सदस्य सञ्जय मिश्रा, प्रदेश सदस्य बिना राउत, रामप्रवेश बैठ, प्रचार विभाग प्रमुख रूपेश पटेल लगायतले रौतहट कम्युनष्टहरुको उर्वर भूमि भएको बताएका थिए ।देशमा एमाले पार्टीको आफनै भूमिका रहेको, जनजीविका, उत्पादन, विकास निर्माणका क्षेत्रमा समेत महत्वपूर्ण भूमिका रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परणिया पटेल, पार्टी नगर अध्यक्ष ब्रह्मदेव पटेल, प्रेस चौतारीका जिल्ला अध्यक्ष उत्तमकुमार उपाध्याय, लगायतको सहभागीता रहेको थियो ।

















