नयाँ पुस्ता जेनजीका कारण नेपालमा सत्ता नै परिवर्तन भयो । ठुलो मानवीय क्षति सहित भौतिक बिनासपछि देशमा नागरिक स्तरको सरकार बनेको छ ।देशमा रहेका राजनीतिक दलहरुको सरकार विस्थापन गरेर यो नागरिक सरकार गठन भएको हो । मुख्य त जेनजी सहित सबै नेपालीहरुको चाहना के हो भने देशमा शान्ति होस्, नागरिकहले अनावश्यक दुःख पाउन नपरोस् अनि देशमा भ्रष्टचार अन्त्य होस् भन्ने नै हो तर यो सरकार गठन भएको करिब दुई साता हुनै लाग्दा पनि खासै गति लिएको छैन ।

एक त अझै मन्त्री परिषद्ले पूर्णता पाएको छैन । ल यो पनि ठूलो कुरा नहोला किनभने भएकै मन्त्रीहरुले जिम्मेवारी लिएका छन् तर उनीहरुले काम चैं गर्नु पर्दछ।जेनजीको नाउमा देशभर भौतिक क्षति भएको छ । सार्वजनिक सम्पत्ति जलेका छन् । निजीको त पछि हिसाव होला नै तर सार्वजनिक सम्पत्तिका लागि त अब पुर्ननिर्माणमा ज्ट्न ढिला भइसक्यो । जति ढिला भयो उत्ति समस्या हुन्छ नै ।

अहिले निकै बिजोग अवस्थामा सरकारी निकायहरुले काम गरिरहेका छन् । सरकारी निकायबाट सेवा जसले पनि लिनु पर्दछ । जेनजीका लागि आवश्यक परेको छ । मुख्य त अहिलेका लागि पुर्न निर्माणको योजना बनाएर शुरु गरौं पछि यस्तो अपराधमा संलग्नहरुालई कारबाही पनि गर्नुपर्दछ । यसमा ढिलो गर्न हुन्न । यदि यसमा कारबाही गर्न ढिला गरियो भने यस्ता अपराध फेरि दोहोरिने निश्चित छ ।

Leave a Reply