धिरेन्द्र तिवारी

कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा महिलाहरुको लागि संचालन भएको ब्युटिसियन तालिम बुधबार सम्पन्न भएको छ ।कार्यक्रम बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ ‘२’ मधेस प्रदेश सभा सदस्य माननीय महम्मद समिरको क्षेत्रिय विकास कोषबाट गत जेठ २ गतेदेखि संचालन गरिएको ३० दिने ब्युटिसियन तालिम बुधवार सम्पन्न भएको हो । महिलाहरुलाई आत्मानिर्भर तुल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।सामापन कार्याक्रम प्रमुख अतिथि कलैया नगरकाकी उपप्रमुख रौसन प्रबिनले तालिमका सहभागीहरुलाई ३० दिनसम्म तालिममा सिकेका कुराहरु व्यवहारमा उर्तान सुझाव दिनुभएको थियो ।कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले बारा जिल्ला कमिटी सचिव अध्यानन्द पाणडेले कार्यक्रमको सहयोगी प्रदेश सभा सदस्य माननीय ससमिरलाई आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुको आत्मानिर्भर तुल्याउने कार्यक्रम अन्तर्गत ब्युटिसियन तालिम संचालन गरेकोमा धन्यवाद दिनुभययो । त्यस्तै पाण्डेले पनि ३० दिने ब्युटिसियन तालिमका सहभागीहरुलाई सिकेका कुराहरु व्यवहारमा उतार्न सके महिलाहरुलाई आत्मानिर्भर हुन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमका अतिथि पूर्वाधार विकास कार्यालय वीरगञ्जका योजना शाखाका सुब्बा राजकिशोर प्रजापतीले पनि सहभागीहरुलाई धन्यवाद दिदै सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रम आयोजक सस्था युवा तथा महिला बिकास केन्द्र बाराका अध्यक्ष रामानन्द राउत बरैको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सस्थाका कोषाअध्यक्ष चाँदनीकुमारी पाण्डे सचिव सन्तोष महतो अनिल चौरसिया प्रशिक्षक आरतीकुमारी साह, प्रशिक्षक प्रतिमाकुमारी र सहभागीहरु निलमकुमारी, सोनीदेबी, रमितादेबी, अनिता काफ्ले, खुश्बु ओझ , पुजा आचार्य, निराकुमारी तिवारी, रुपा गुप्ता, प्रीयाका झा, रन्जना गुप्ता, नितु देबीलगायतको सभागीता रहेको थियो । कार्यक्रमको सचालन रुस्तम आन्सारीले गर्नुभएको थियो

Leave a Reply