कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिशुनपूर्वाका एकजना महिलालाई घरको ताल्चा फुटाएर पर्सा प्रहरीले प्रवेश गराएको स्थानीयले आरोप लगाएका छन। बुधवार राती करिब ८ः३० बजे स्थानीय दुखी राउत गद्दीको घरको ताल्चा फुटाएर प्रहरीले घरमा प्रवेश गराएको हो ।घर र छिमेकमा कोही पनि नभएको मौका पारेर इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजाराम यादव र प्रहरी चौकी पिडारीगुट्ठीका प्रहरी सहायक निरीक्षक बृजकिशोर यादवको टोलीले स्थानीय ४१ वर्षिय सुनरबानी खातुनलाई घरमा प्रवेश गराएको स्थानीयले बताएका छन ।
सुनरबानी खातुन घरधनी दुखी राउत गद्दीका भाइ हरिन्द्र राउत गद्दीका श्रीमती हुन। तर विगत दुई वर्षदेखि दुखी राउत गद्दी र सुनरबानी खातुनबीच कुरा नमिलेका कारण खातुन बाहिर बस्दै आएको स्थानीयको भनाई छ। कुरा नमिलेका कारण हरिन्द्र राउत गद्दीको विरुद्ध सम्बन्ध विच्छेद तथा अंश दाबीको मुद्दा जिल्ला अदालत पर्सामा विचाराधिन अवस्थामा रहेको छ । उक्त घटनापछि सुनरबानी खातुन घरबाहिर र हरिन्द्र राउत गद्दी आफ्नो दाइ दुखा राउत गद्दीको घरमा बस्दै आएका थिए ।
स्थानीय वृद्ध वकिल मियाँका अनुसार प्रहरीले सुनसान समयमा सर्वसाधारणको घरको ताल्चा फोडनु र कसैलाई प्रवेश गराउने कार्य ठीक नभएको बताउनुभयो । ‘अवस्था त्यस्तै परे जनप्रतिनिधि तथा स्थानीय बुद्धिजीवीको रोहवरमा प्रवेश गराउनुपथ्र्यो, मियाले भन्नुभयो, प्रहरीले ज्यादति गरेको छ ।’


















