कृपा संंवाददाता
हेटौंडा, २६ मंसिर । मकवानपुरको दुर्गम राक्सिराङ र कैलाश गाउँपालिकाको अधिकांश भू–भाग त्यसैगरी मनहरी र बकैया गाउँपालिकाको केही भू–भागमा लागू औषध गाँजा र अफिमको खेती हुने गर्दछ । अबैध गाँजा र अफिम जस्ता खेती मकवानपुरमा नयाँ भने होईन धेरै अघिदेखी नै कम समय र थोरै मिहेनतमा धेरै पैसा कमाउन गाँजा र अफिमको खेती हुँदै आएको छ । अबैध गाँजा र अफिम खेती नियन्त्रणका लागि मकवानपुर प्रहरीले गाँजा फडानी अभियान नै चलाएको छ । यहि भदौदेखि मकवानपुर प्रहरीले सुरु गरेको गाँजा फाँडानी अझै निरन्तर अघि बढिरहेको मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

 

 

 

अभियान अन्तर्गत प्रहरीले अहिलेसम्म मकवानपुरका विभिन्न क्षेत्रमा लगाइएका ३ सय ३२ बिगाह २ कठ्ठा १० धुर क्षेत्रफलमा लगाईएको गाँजा फडानी गरिसकेको छ । गाँजा उत्पादनसंगै मकवानपुरलाई गाँजा ओसार पसारको केन्द्रबिन्दुको रुपमा चिन्न थालेको छ । मकवानपुरका विभिन्न स्थानबाट श्रावणदेखि अहिलेसम्ममा मात्रै मकवानपुर प्रहरीले ५ सय ४२ किलो १८० ग्राम गाँजा र १ सय १ किलो ६६) ग्राम चरेस बरामद गरि सकेको छ । गाँजा फाँडानी अभियान निक्कै राम्रो तर गाँजा फडानी गरेर मात्रै गाँजा खेती नियन्त्रण नहुने र ती क्षेत्रका जनतालाई बैकल्पिक आया आर्जनको लागि समेत राज्यले हेर्नु पर्छ भन्ने जनमत छ ।
मकवानपुरमा लागू औषधको कारोबारसंगै प्रयोगकर्ताको संख्या निक्कै बढे

 

 

को छ । सर्वेक्षण अनुसार मकवानपुरमा ८ हजार जना नियमित लागू औषध प्रयोग गर्ने प्रयोगकर्ता रहेको देखाएको छ । भने मकवानपुरमा लागू औषधको प्रयोगकर्ता ४० हजारको हाराहारीमा रहेको जानकारहरु बताउछन । युवाहरु उर्जाशिल समयमा दुब्र्यसनिमा फसेकाहरुका कारण समाज ठूलो दुर्घटनामा नपरोस भनेर अभियान संचालन गरेको सिआन सुधार गृहको संचालक सदस्य तथा लागू औषध विरुद्धका अभियान्ता अनिल अधिकारीको ठम्याइ छ ।

Leave a Reply