निजगढ,मेची–महाकाली बुहारी संयुक्त आवाज बारा शाखाको अध्यक्षमा चण्डीकाकुमारी मगर सर्वसम्मत चयन हुनुभएको छ ।निजगढ नगरपालिका वडा नम्बर ७ स्थित होटल हेवनमा शनीवार भएको भेलाले मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।बुहारी आवाजको उपाध्यक्षमा शकुन्तलाकुमारी लामा(सगुन) र शान्ति लामा, सचिवमा उषा थापा मोक्तान, कोषाध्यक्षमा लक्ष्मी लम्साल, सहकोषाध्यक्षमा रुपा घलान र सहसचिवमा शारदा विष्ट चयन हुनुभएको छ ।त्यसैगरी समितिको सदस्यमा कृष्णकुमारी थापा मगर, नेत्रकुमारी थापा, निजगढ नगरकार्यापालिकाकी सदस्य मिना चौरेल, लक्ष्मी लामिछाने, नेत्रकुमारी सापकोटा, मिना सापकोटा, ईश्वरी खड्का, देवकी अधिकारी लगायत रहनुभएको छ । कार्यसमितिको सल्लाहकारहरुमा सुभद्र पौडेल, कल्पना खरेल, सुनमाया लोप्चन, कृतिका लम्साल र शोभा खनाल रहनुभएको छ ।मधेस प्रदेश सभा सदस्य मिना लामा (माला) को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई मधेस प्रदेश सभा सदस्य लामाले टीका र खादा ओडाएर बधाई दिनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा मेची महाकाली बुहारी संयुक्त आवाजकी मधेस प्रदेश संयोजक तथा मानव अधिकार संगठन महिला सेल ईन्चार्ज पुजा पाठक तिमल्सिना, महिला समाजसेवी सावित्री भारती, कल्पना खरेल, विष्णु नेपाल लगायतको सहभागीता रहेको थियो ।प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य मिना लामाले मेची–महाकाली बुहारी संयुक्त आवाजलाई आगामी आर्थिक वर्षमा उचित सम्मानका साथै प्रदेशको तर्फाबाट आफुले सक्दो सहयोग गर्ने समेत बताउनुभएको थियो ।उक्त कार्यक्रममा विशिष्ट अतिथि पाठकले संस्था, छोरी, बुहारी, सासु, आमा र बुहारीको भूमिकाको बारेमा मन्तव्य राख्नुभएको थियो । समितिका वरिष्ठ उपाध्यक्ष सगुन लामाको सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन भने संस्थाकी सचिव उष थापा मोक्तानले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here