बसन्त लामा
सिंगौल,सिंगौलका लक्षित वर्गहरुका लागि संचालन गरिएको लागुऔषध दुव्र्यसनी तथा युवा प्रतिभा पहिचान प्रशिक्षण सम्बन्धि ५ दिने कार्यक्रम शुक्रवार समापन भएकोछ ।निजगढ नगर कार्यपालिका कार्यालयको आर्थिक सहयोग र सामाजिक स्वास्थ्य वातावरण तथा विकास केन्द्र निजगढको आयोजनामा भएको सो कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ सिंगौलका ३० जनाको सहभागिता रहेको थियो ।संस्थाका अध्यक्ष कृष्णप्रसाद खरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङले समाजमा लागुऔषध दुव्र्यसनीको संख्या दिनप्रतिदिन बढदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको न्युनीकरणको लागि प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुसंग अनुरोध पनि गर्नुभयो ।समापन कार्यक्रममा निजगढ नगरकार्यपालिका सदस्य मानबहादुर डाँसेली, फुलमाया लोप्चन, वडा नम्बर १ का समाजसेवी संगम लोप्चन, वडा नम्बर २ का वडा सदस्य धनबहादुर थापा, कान्तलाल धामी, प्रहरी चौकी सिंगौलका इन्चार्ज, लोकप्रिय आधारभूत विद्यालय सिंगौलका प्रधानाध्यापक मुकुन्द विष्ठ र सिता मैनालीको पनि उपस्थिति रहेको थियो ।कार्यक्रममा खडकबहादुर श्रेष्ठ, बिक्रमराज लामा र बिबेक वाइवाले प्रशिक्षण दिनु भएको थियो । समापन कार्यक्रमको संचालन एंव तालिमका प्रशिक्षक रुद्र धितालले गर्नुभएको सिंगौलबाट हाम्रा सहकर्मी बसन्त लामाले जानकारी दिनुभएको छ ।
















