कलैया – नेपाल कम्युनिष्ट पार्टीद्धारा चिसो पिडित दलित, गरिब, किसान, जेष्ठ नागरिक एकल महिलाहरुलाई नेकपा बाराद्वारा कम्बल वितरण गरिएको छ । बाराको बिश्रामपुर वडा नम्वर १ चौकीटोलमा आज कम्बल वितरण गरिएको हो । मधेशमा बढेको चिसो र जाडो कारण दलित, गरिब किसान, एकल महिला, जेष्ठ नागरिकलाई जाडो छल्न सानो सहयोग गरेको नेकपाका युवा नेता उमेश कुशवाहाले जानकारी गराएका छन ।

 

 

 

 

 

 

नेकपा बाराका अध्यक्ष अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलको सानो सहयोगमा ५० भन्दा बढी गरिव, असहाय तथा जेष्ठ नागरिकका परिवारलाई कम्बल वितरण गरिएको छ । रामबाबु कुशवाहाको अध्यक्षतामा भएको कायक्रममा प्रमुख अतिथि नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिल, सदस्य उमेश कुशवाहा, शेषनाथ कुशवाहा, युवा सघका सहसयोजक अर्जुन शर्मा, मदन साह, शम्भु साह, श्रीभागवान महतो, भोला बिन,.बिध्यानन्द कुशवाहाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी कुशवाहाले गरेका थिए ।

 

 

 

 

 

पश्चिमी वायुको कारण केही समय यता देश कै मौसम फेरवदलले तराईमा बढदो चिसाको कारणले सर्वसाधारणको जनजिवन अस्तव्यस्त भएको थियो । पीडित परिवारलाई राहत पुगोस भन्ने उदेश्यले नेकपाले कम्बल वितरण गरेको हो ।

Leave a Reply