निजगढ, ५ भदौँ– हाम्रो समाजमा ‘श्रीमान÷श्रीमतिको झगडा परालको आगो ।’ भन्ने उखान निक्कै प्रचालनमा छ । परालको आगो जस्तै लोग्ने स्वास्नीको झगडा पनि एकछिन दन्किएर चाढै मत्थर हुने भएर नै यस्तो भनिएको हो ।

तर बाराको निजगढमा भने यो उखान विपरित श्रीमान÷श्रीमतिको घर झगडाले एउटा परिवार नै छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालमा श्रीमान÷ श्रीमतीको सामान्य घर झगडामा श्रीमान सुकुले रुम्बाले कुटेर ४० वर्षिय श्रीमति निर्मला रुम्बा गोलेको मृत्यु भएपछि अहिले रुम्बा परिवार छिन्नभिन्न हुने अवस्थामा पुगेको छ ।

आमाको मृत्यु र बुबा पनि जेल जाने अवस्था आएपछि उनीहरुका ३ नाबालक छोराछोरीको विचल्ली भएको हो । आमाको मृत्यु र हत्या अभियोगमा बाबुलाई प्रहरीले नियन्त्रणमा लिएपछि बालबालिकाको बिचल्ली भएको रुम्बाका छिमेकी एंव निजगढ नगरपालिका कार्यपालिका सदस्य पवन विकले बताउनुभयो ।

निर्मलाको मृत्युपछि हत्या अभियोगमा इलाका प्रहरी कार्यालय निजगगढले सुकुलेलाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धि कसुरमा अनुसन्धान थालेको छ । मदिराको नासामा सुकुलेको कुटपिटबाट घाइते बनेकी निर्मलाको उपचारको लागि हेटौडा लैजाने क्रममा गत साउन २९ गते मृत्यु भएको थियो ।

अभिभावक नभएपछि रुम्बाका छोरी रविना, नविना र छोरा दिपक लामा अहिले छिमेकी र आफन्तको आश्रयमा बस्दै आएका छन ।

Leave a Reply