नरेश गुप्ता
बरियारपुर –  किर्ते गरि मनि ट्रान्सफर बाट पैसा निकालेर  ठगि गर्ने युवालाई बारा प्रहरीले  पक्राउ  गरेको छ ।  जिल्ला रौतहट गरुडा नगरपालिका  ४ बस्ने किशोरी साहको छोरा सुरेन्द्र साहलाई विभिन्न मितिमा किर्ते गरि रकम निकालेको अभियोगमा  बारा प्रहरीले कलैयाको भरत चौकबाट सोमबार  पक्राउ  गरेको बाराको प्रहरी  प्रवक्ता  गौतम  मिश्रले बताउनु भयो ।
वैदेशिक रोजगारमा मलेसियामा रहेको नेपाली गिरोह संग नक्कली नेपाली नागरिकता बनाई बिदेशमा  बसेका नेपाली  कामदारहरुले आफ्नो घर  पठाएको रेमिटेन्स  मार्फत रकम विभिन्न  मितिमा साहले मनि ट्रान्सफर बाट निकालेका थियो । पुस २० गते  भरत चौक स्थित शिवम मनि ट्रान्सफर बाट आदर्श कोतवाल गांपा ६  बर्ष ३७ को  राजकुमार  कुशवाहाको नाममा  निजको भाईले  मलेसिया बाट पठाएको रकम रु ९५,२००/ निकान लाग्दा सुरेन्द्र साहलाई पक्राउ  गरिएको  जिल्ला  प्रहरी  कार्यलय बाराले जनाएको छ ।
त्यसैगरी  प्रसौनी गांपा ६ बस्ने श्रीरामजी कुशवाहाको नाममा आएको रकम रु १ लाख कलैया स्थित एसियन मनि ट्रान्सफर बाट  सिमरौनगढ ७ खजानी निवासी रोशन सहको नाममा  आएको रकम  ६० हजार  निकाली ठगी गरेको आरोपमा  साहलाई पक्राउ  गरिएको बारा प्रहरी  प्रवक्ता मिश्रले बताए । पक्राउ  परेको सुरेन्द्र साहलाई बारा जिल्ला  अदालतमा प्रस्तुत गरि ठगी मुदामा ५ दिनको मयाद थमाई कार्वाही  अगाडि  बढाईएको  जिल्ला  प्रहरी  कार्यलय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here