निजगढ,नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले घनश्याम तिमल्सिनाको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

संघको उपाध्यक्षमा पवन पुलामी, सचिवमा प्रशान्त तामाङ, कोषाध्यक्षमा मनमाया श्रेष्ठ, उपसचिवमा कृष्ण महतो र निरोज खतिवडा चुनिएका छन । निजगढ नगर उद्योग बाणिज्य संघको हलमा शनिबार सम्पन्न भएको नगर अधिवेशनलाई कार्यक्रमका प्रमुख आतिथि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले नेकपा एमाले फुटले बारामा कतै पार्टी कम्जोर भयो कि भन्ने भ्रममा नपर्न सबै कार्यकर्तासंग आग्रह गर्नुभएको छ । उहाँले पार्टी फुटे पनि त्ययसको क्षेतिपुर्ति भइसकेको बताउनुभएको छ । उहाँले आउदो निर्वाचनमा नेकपा एमाले झन बलियो हुने देखेर डराएका विपक्षी दलहरुले अहिले एमाले विरुद्ध मोर्चाबन्दी गरेको बताउनुभयो । उहाँले विपक्षीहरुले जतिसुकै ठूलो मोर्चा बनाए पनि एमालेको जित सुनिश्चित भएको दाबी गर्नुभयो ।

यस्तै प्रमुख आतिथि युवा संघका केन्द्रीय अध्यक्ष पौडेलले समाज र देश निर्माण गर्न युवा शक्तिको खोचो भए भैm पार्टी बलियो बनाउनमा पनि युवाको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले पार्टीलाई बलियो बनाउने कार्यमा लाग्न युवा संघका कार्यकर्तासंग अग्रह गनुभयो । आउदो निर्वाचनमा नेकपा एमालेलाई जिताउन युवा संघका कार्यकर्ताहरु सक्रिय भएर लाग्नु पर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

कार्यक्रमा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, युवा संघ नेपाल बारा जिल्ला ईन्चार्ज तिलक घलान, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य ईराज कोइरालालगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।

युवा संघ निजगढका अध्यक्ष माधब न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका संचालन श्यामकृष्ण घिमिरेले गर्नुभएको थियो ।

यसैबीच अधिवेशनमा युवा संघको कमिटीलाई चलायमान बनाउन युथ फोर्स निजगढसमेत गठन गरिएको छ । अधिवेशनले युवा संघ निजगढका निवर्तमान अध्यक्ष माधब न्यौपानेको संयोजक र मुकेश शाह सहसंयोजक रहेको ३४ सदस्यीय युथ फोर्सकमिटी गठन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here