धिरेन्द्र तिवारी
कलैया,बाराको कलैया प्रादेशिक अस्पतालका बिरामीहरुलाई मदन भण्डारी फाउन्डेसन बाराले बुधवार फलफूल वितरण गरेको छ ।नेकपा एमालेका तत्कालिन महासचिव एवं जननेता मदन भण्डरीको ७२औं जन्म जयन्तीको अवसरमा मदन फाउन्डेसन बाराको आयोजनामा फलफूल वितरण गरिएको हो ।फलफूल वितरण कार्यक्रमका प्रमुख अतिथि बारा निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महम्मद समिरले अस्पतालको ईमर्जेन्सी वार्ड, प्रस्तुति, आईसियु लगायतको वार्डमा उपचारार्थ रहेका ६० जना बिरामीहरुलाई फलफूल वितरण गर्नुभएको थियो ।कार्यक्रम मदन फाउन्डेसन बाराका अध्यक्ष तथा केन्द्रीय सदस्य राजमहम्म रायको अध्यक्षता भएको थियो ।कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य अलिरा हवारी, शर्मा बैठा, प्रभु साह, युवा संघका रुसतम अन्सारी, कमरुल हक, जावेद अन्सारी, बिकी साह लगायत कलैया प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।

Leave a Reply