सिम्रौनगढ,बारा जिल्लाको पचरौता नगरपालिकामा कोराना संक्रमणपछि होमआइशोलेशनमा बसेकाहरुलाई नगरपालिकाले घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिन थालेको छ । नगरप्रमु्ख रमेशकुमार यादवको निर्देशनमा स्वास्थ्यकर्मीहरुले नगरपालिकाका सबै वडाको घरघरमै पुगेर कोरोना संक्रमित र मिल्दोजुल्दो लक्षण देखिएकाहरुलाई औषधि र स्वास्थ्य सामग्री वितरण थालेका हुन ।

नगर कार्यपालिकाले जनप्रतिनिधिसंगको समन्वयमा नगरबासीको सेवामा २४ घण्टे एम्बुलेन्स र औषधि तथा अक्सिजनको पनि व्यवस्था मिलाइएको नगरप्रमुख यादवले बताउनुभयो । नगरपालिकाले सिमापारि भारतबाट आउनेहरुलाई पनि नाकामा हेल्थ डेक्स राखेर चेकजाँच गर्ने गरेको उहाँले बताउनुभयो । नगर प्रमुखको हैसियतमा नगरबासीको स्वास्थ्यप्रति आफु सचेत रहेको र कोरोना जोखिम नियन्त्रण गर्न तदारुकताका साथ काम गर्दै आएकोे उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here