हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काम नगर्ने कर्मचारीका लागि अख्तियार ठुलो हतियार भएको वताउनु भएको छ । अख्तियार देखाएर कामै नगर्ने परिपाटी मौलाएर गएको वताउनुभयो । भ्रष्टाचार सवै मिलेर न्युनिकरण गर्नुपर्ने वताउनुभयो । भ्रष्टाचार गर्नेलाई कार्बाही गर्नका लागि समेत उहाँले निर्देशन दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयको आयोजनामा आयोगको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले अहिले भ्रष्टाचारको उजागर भएको वताउनुभयो । आफुहरुले सदाचारका काम पुरा गरिएको वताउनुभयो । अख्तियारको कामलाई प्रभावकारी वनाइनुपर्ने उहाँले वताउनुभयो । भ्रष्टाचार मुक्त समाज निर्माण गरिनुपर्ने उहाँको भनाई छ । कुनैपनि कर्मचारीले आफ्नो दायित्व पुरा नगरेपनि भ्रष्टाचार रहेको वताउनुभयो । भ्रष्टाचार अहिले धेरै उजागर भएको वताउनुभयो ।
कार्यक्रममा पूर्व सांसद तथा भ्रष्टाचार विरुद्धको निगरानी संस्था चितवनका अध्यक्ष भिमबहादुर श्रेष्ठले भ्रष्टाचारमा राजनीतिक क्षेत्र र सरकारको नेतृत्व तहमा भएकाहरुबाट भ्रष्टाचार न्युनिकरण गर्नुपर्ने वताउनुभयो । अख्तियारलाई कुनैपनि हालतमा कमजोर वनाउन नहुने उहाँले वताउनुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयका प्रमुख शिबकुमार कार्कीले स्थानीय तहमा भ्रष्टाचार वढेको वताउनुभयो । आयोगको हेटौंडा कार्यालयले मात्र चालु आर्थिक वर्षको सात महिनामा १५ वटा स्ट्रीङ अप्रेसन गरेको वताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका प्रमुख सचिव तोयम राय, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट आयोगको हेटौंडा कार्यालयका सिनियर डिभीजन इन्जिनियर अखण्ड शर्मा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।