बिदुर खडका
डुमरवाना,गर्मीयाममा आँखाका रोगीहरुको संख्या बढिरहेको बेला जीतपुरसिमरा उपमहानगरपालिकाको औराहमा रहेको आँखा अस्पतालले निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्ने भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा यहि १२ गतेदेखि १४ गतेसम्म औराह आँखा अस्पतालमा निःशुल्क आँखा शिविर संञ्चालन हुने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका कार्यक्रम संयोजक राम केसीले जनाउनुभएको छ ।विगतमा आँखा रोगीहरुले जिल्ला बाहिर अस्पतालमा गएर शुल्कसहित शल्यक्रिया गर्नुपर्ने बाध्यतामा रहेकाहरुको लागि यो शिविर उचित अवसर भएको केसीको भनाई छ ।विगतका दिनमा आँखाको मोतियाबिन्दुको अपसेसनको लागि ९ देखि १२ हजार शुल्क लाग्ने गरेको थियो, हाल नगरपालिकाको सहयोगमा निःशुल्क अपरेसन शिविर संञ्चालन गरेपछि सर्वसाधारणलाई नगरपालिकाले सहज सेवा उपलब्ध गराएको हो ।

Leave a Reply