बरियारपुर, १७ साउन– सिमावर्ती नाकाहरुमा प्रदेश नम्वर २ का डिआइजी कृष्ण ब्रह्माचार्यले अनुगमन गरेसँगै बारामा पनि कडाइ गरिएको छ । खुल्ला सिमानाको कारण अवैध गतिविधि स‌चालन गर्ने र कोरोना संक्रमण फैलिन सक्ने आशंकामा सिमा नाकामा कडाइ गरिएको हो । अनुगमनको क्रममा डिआइजी ब्रह्माचार्यले भारतबाट प्रवेश गर्नेहरुमाथि कडाइका साथ निगरानी गर्न निर्देशन दिनुभएको थियो ।

डिआइजी ब्रह्माचार्यले खुल्ला सिमानाका कारण जिल्लाबाट हुँदै आएका अपराधिक गतिविधि नियन्त्रण गर्न म्यान टु म्यान राख्ने, मोबाईल टोलीलाई सक्रिय गर्ने र चेक प्वाइन्ट बढाइ सिमा नाकाहरु सुरक्षित गर्ने निर्देशन दिनुभएको थियो । उहाँले आर्थिक प्रलोभनमा परी देशको अस्तित्व संकटमा पार्ने काम गर्ने जो कोहीमाथि पनि कडा भन्दा कडा कारवाही गरिने बताउनु भएको छ ।

यसैबीच सोमवार विहान विश्रामपुर गाउँपालिका वडा नम्वर– ३ स्थित मुसहर्वाबाट लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । सहायक प्रहरी हवल्दार बहादुर शाहीको कमाण्डमा खटेको टोलीले परवानीपुर गाउँपालिका वडा नम्वर ८ बस्ने रामबाबु महतो र सोही ठाँउ बस्ने अजय महतोलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेलीले जानकारी गराउनु भयो ।

पक्राउ उनीहरुको साथबाट डाइजेप्म ३ पिस, नोफिन ३ पिस, फेनेर्गन ३ पिस, सिरिन्ज २ पिस तथा भिभो र स्यामसुङ्ग कम्पनीका २ थान मोवाइल, नेपाली रुपैया २ सय ८० तथा निजहरु सवार २ वटा साइकलसमेत नियन्त्रणमा लिएको उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । लागु औषधसहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएकोे छ ।

यसैैैैबीच भारतिय एस एस बि कुुुटपिटबाट बाराको सुवर्ण गाउँपालिका– १ पंँचगछिया निवासी बिश्वनाथ यादवको बर्ष २५ को छोरा गंभिर घाइते हुनुभएको छ । भारतबाट मलखाद लिएर नेपालतर्फ आउदै गर्दा भारतीय एस एस बि ले बिहिबार राती कुटपिट गरि घाइते बनाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here