मध्य तराईका अधिकांश जिल्लाको चुनावी मत परिणामहरु सार्वजनिक भइसकेका छन् । वीरगन्ज बाहेक लगभग सबै स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भइसकेको अवस्था छ । बाराको पनि सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । बाराका निर्वाचित सबै जनप्रतिनिधिहरुले पनि सपथ लिइ सकेका छन् ।

सपथ सकिए लगत्तै अब जनप्रतिनिधिहरु जनताको काममा लाग्नु पर्दछ । जनताले पाँच वर्षका लागि काम गर्नका लागि मतमार्फत अनुमति दिइसकेका छन् । जनताले दिएको मतको सदुपयोग गर्न पनि जनप्रतिनिधिहरुले आफ्नो ध्यान अब विकासमा केन्द्रित हुन आवश्यक छ ।

पाँच वर्षका लागि अब जनप्रतिनिधिहरुले एकीकृत रुपमा काम गर्न आवश्यक छ । उनीहरुले भने जसरी काम गरे भने पक्कै पनि आफ्नो ठाउँको बिकास हुनेछ । ठाउँको विकास भनेको गाउँकै बिकास हो । त्यसैले पनि अब सपथसंगै जनप्रतिनिधिहरु जनताको सेवा जुट्नु् पर्दछ ।

Leave a Reply