नरेश गुप्ता,बरियारपुर,

बाराको सदरमुकाम कलैयामा झोल साबुन बनाउने एक दिने तालिम बुधबार सम्पन्न भएको छ । राष्ट्रिय गैह्सरकारी संस्था महासंघद्वारा आयोजित तालिममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधिलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । गैह्सरकारी संस्था महासंघकी कुन्तीदेबी पोख्रेलको सभापतित्वमा भएको तालिममा विभिन्न संस्थाका १०० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । महिलाहरुलाई सीप दिई आत्म निर्भर बनाउने उदेश्यले सो तालिमको आयोजना गरिएको महासंघ बाराका अध्यक्ष मोबारक अंसारीले बताउनुभयो ।

सो अवसरमा प्रमुख अतिथि उद्योग वाणिज्य संघ कलैयाका अध्यक्ष राजकुमार साहले विपन्न महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासंघका महासचिव कैलाश न्योपाने, कोषाध्यक्ष कल्पना योगी, सद्स्य ईरा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन मोबारक अंसारीले गर्नुभएको थियो ।

Leave a Reply