मनोज शाह
जीतपुर,बाराको प्रसौनीमा प्रहरीको मिलोमतोमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी सञ्चालनमा रहेको पाइएको छ ।प्रसौनी गाउँपालिका वडा १ प्रसौनीमा प्रहरीको मिलिमतोमा अबैध बिषाक्त घरेलुु मदिरा उत्पादन भरहेको हो । इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी प्रमुख बिनोद बोहराले रक्सी भट्टी सञ्चालनसँग महिनावारी रुपमा ३ हजारदेखि ५ हजारसम्म लिएर रक्सी भट्टी निस्फिक्रि सञ्चालन गर्न दिएको स्थानीयहरुले बताएका छन ।प्रसौनीको बाँसघारी छेउमा रहेको पक्की घरमा दिउँसो दुई बजेदेखि राति १२ बजेसम्म ७ जना कामदारहरुले अबैध मदिरा उत्पादन गर्ने गरेको स्थानीयको भनाइ छ । उनीहरुका अनुसार गाउँको खैरातीमाई नर्सरीमा सञ्चालन भइरहेको अबैध रक्सी भट्टीमा स्थानीय कृष्ण साह र मिश्री मुखियाले लगानी गरेको पनि बताइएको छ ।

















