कलैया,बाराको कलैया उपमहानगरपालिकाले करार र ज्यालादारीमा काम गर्दै आएका ४३ जना कर्मचारीलाई सेवाबाट हटाएको छ ।

योजना तथा प्रशासन प्रमुख मुस्ताक अन्सारीका अनुसार आइतबारदेखि करारतर्फका ३९ र दैनिक ज्यालादारीमा काम गर्दै आएका ४ जना कर्मचारीको सेवा अन्त्य भएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले असार ३१ गते नै सूचना जारी गर्दै उनीहरुलाई साउन १ गतेदेखि काममा नआउन जानकारी गराउनुभएको थियो ।

करार तथा ज्यालादारी कर्मचारीलाई भने ०७९ साउन १ गतेदेखि कामकाजमा नलगाउने निर्णय भएको पत्रमा उल्लेख छ । नगर प्रमुख विनोद साहको आदेशमा करार तथा ज्यालादारीका केही कर्मचारीलाई हटाइएको प्रमुख प्रसाशकीय अधिकृत साहले जानकारी दिनुभयो ।

उपमहानगरपालिका स्रोतका अनुसार निवर्तमान नगर प्रमुख राजेश राय यादवले राखेका करार र ज्यालादारीका अधिकांश कर्मचारी हटाइएका हुन् ।

यसअघि बारा जिल्लाको विश्रामपुर, फेटा र आदर्शकोतवाल गाउँपालिकाले पनि करार सेवाका कर्मचारीहरुलाई अवकास दिने निर्णय गरेको थियो । त्यसैगरी वीरगञ्ज महानगरपालिकाले पनि ६४ जना दैनिक ज्यालादारी कर्मचारी हटाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here