कृष्ण मोहन साह

सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा जंगली हात्तीले आतङ्क मच्चाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको बथानले जिराभवानी गाउँपालिका वडा नम्बर २ र ५ मा मंगलवार रातभर आतंक मचाउनुको साथै स्थानीयको घर र भखारी समेत भत्काएको छ ।

जिराभवानी गाउँपालिकाको वडा नम्बर दुईमा लोकराज पौडेलको घर भत्काउनुको साथै घरभित्र रहेको चामलको पिठो र धान खाएर भाडाकुडासमेत कुल्चेर नष्ट गरेको छ । सोही हात्तीको बथानले वडा नम्बर ५ मा बिरेन्द्र रामको धानको भकारी भत्काउनुको साथै धान छरेर नष्ट गरेको छ ।

हात्तीलाई स्थानीयवासिन्दा, प्रहरी र निकुञ्ज कर्मचारी तथा नेपाली सेनाको सहयोगमा निकुन्जको जंगलतर्फ धापाइएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक प्रकाश महतोले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here