कलैया,बाराको प्रसौनी गाउँपालिकामा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयले विद्यालय परिशरमा राजनीतिक दलको कार्यक्रम संचालन गर्न रोक लगाएको छ । विद्यालयले शैक्षिक गातिविधि बाहेक सबै राजनीतिक दल तथा सरकारी र गैह्सरकारी संघ संस्थाको कार्यक्रममा पनि रोक लगाएको हो ।
विद्यालयका प्रधानाध्यापक मनोजकुमार साहले सार्वजनिक सूचना जारी गर्दै आगामी दिनमा कुनैपनि राजनीतिक दल, सरकारी र गैह्सरकारी संघ संस्थाले विद्यालयमा कार्यक्रम गर्न नपाउने जानकारी दिनुभएको छ । राजनीतिक दल र अन्य संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रमबाट विद्यालयको शैक्षिक वातावरणमा बिग्रिएको र विद्यार्थीहरुको पठनपाठनमा अवरोध उत्पन्न भएको भन्दै विद्यालयले यस्तो निर्णय गरेको प्रधानाध्यापक साहले बताउनुभयो ।