सिकिन्द्र साह
सिम्रौनगढ,जनता समाजवादी पार्टीले बारा जिल्लाको पचरौता नगरपालिकामा संचालन गरेको सुज अभियान सोमबार सम्पन्न भएको छ ।
संघीय सांसद एव जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष रामबाबुप्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको सुज अभियान समापन कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपालका केन्द्रीय सदस्य रामकिशोर यादवले अहिले पनि देशमा पूर्णरुपले संघीयता लागु नभएको र संघीयतालाई नेपाली कांग्रेस र एमालेले षड्यन्त्रपूर्वक बिथोल्ने कार्यमा लागि परेको समेत बताउनुभएको थियो ।
‘नेपाल प्रहरी केन्द्रको मातहातमा सन्चालन रहेको छ, उहाँले भन्नुभयो, प्रदेश सरकारले प्रदेश प्रहरीलाई जे भने पनि कुनै किसिमको सुनवाइ गर्दैन ।’ संघीयतालाई टिकाउन विभिन्न पार्टीहरुसंग सैद्धान्तिक लडाइ गर्न अति आवश्यक रहेकोेसमेत उहाँले बताउनुभयो ।
कार्यक्रममा पचरौता नगर प्रमुख रमेशकुमार यादव वडा अध्यक्ष मकबुल मिया, कन्हैयाप्रसाद यादव, प्रदेस सदस्य अवधभुषण यादव, कुसेश्वर साहकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अखिलेस यादवले गर्नुभएको थियो ।