कृपा संवाददाता
हेटौंडा, ३ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ६ बाङराङमा हाइड्रोमार्फत् बिजुली उत्पादन गरी स्थानीयलाई विद्युत सेवा उपलब्ध गराइएको छ । बाङराङमा ग्रामिण प्रविधि सेवा केन्द्र ललितपुरको प्राविधिक सहयोग तथा साइमनपु फाउण्डेशन फिनल्याण्ड र इको इनर्जीको आर्थिक सहयोगमा हाइडो निर्माण गरिएको हो ।
९ किलोवाट क्षमताको पिको हाइड्रो पावरबाट गाउँमा बिजुली पुगेपछि बाङराङका करिब सय घर परिवारमा खुसीयाली छाएको छ । परियोजना सम्पन्न गर्नका लागि ३० लाख रुपैयाँ खर्च भएको आयोजनाका अध्यक्ष सूर्यबहादुर थिङले जानकारी दिए । सो क्षेत्रमा थप सम्भाव्यता अध्ययन गरेर हाइड्रोका क्षमता विस्तार गरी नजिकका गाउँमा पनि बिजुली पुर्याउने लक्ष्य लिइएको आयोजना प्रमुख थिङको भनाइ छ ।