हुनत बिकास भनेको सडक मात्रै त होइन तैपनि सडक बिकासको मुख्य आधार हो ।सडकको बिस्तार र बिकासबिना बिकास संभव पनि छैन । बिकासको पाटो भनेको सडक नै हो । सडकको बिकास र बिस्तारका लागि बर्षेनी हजारौं रकम खर्चिने पनि गरिएको छ । जति रकम सडकमा लगाइएको भएपनि यसको समग्र बिकास भने भएको देखिदैन । अझै तराईको जिल्लाहरुको अवस्थाका सडकको अवस्था नाजुक छ ।
तराईका सडकमा सामान्य बर्षामा समेत बाटो हिंड्ने अवस्था नै छैन । बाराको जीतपुर क्षेत्रको मात्र नभइ अन्य स्थानको सडकको अवस्था पनि उस्तै छ ।खासगरी वीरगन्ज पथलैया सडकखण्डको अवस्था नाजुक छ। यो सडकखण्डको स्तर उन्नतीका लागि प्रयास भएको पनि बषौं भएको छ तर सडकको अवस्थामा सुधार आएको छ ।
सडक ब्यवस्थापनका लागि जिम्मा लिएको निकाय सहित स्थानीय सरकारहरुको पनि लापारवाही देखिन्छ । आफ्नो गाउ टोल छेऊको सडकको अवस्थाका बिषयमा जनप्रतिनिधिहरु पनि सचेत बन्न आवश्यक छ । नागरिकहरु पनि सचेत बन्न आवश्यक छ तर नागरिकहरुले सडक बनाउने होइन बनाउनका लागि धचधचाउने हो ।यसका लागि नागरिकहरु पनि सचेत बन्न आवश्यक छ ।