निजगढ,पिकअप भ्यानको ठक्करबाट निजगढ वडा नम्बर ९ को बाइपास रोडमा बुधवार दिउसो एकजनाको मृत्यु भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ९ प्रभातवस्ति घर भएका अन्दाजी वर्ष ५५ का सिताराम आचार्यको बा. प्रदेश ०३(००१ च १४४६ नम्बरको भ्यानको ठक्करबाट मृत्यु भएको हो । स्थानीय किसानको केरा लोड गर्न भनेर आएको सो भ्यानले ब्याक गर्ने क्रममा सडकमा हिडिरहेका आचार्यलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट आयार्यको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । प्रहरीले भ्यानसहित चालक कोल्हबी नगरपालिका वडा नम्बर ४ भलुहीखोर घर भएका अमित घर्तीलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी निजगढ नगरपालिका वडा नम्बर ९ स्थित पूर्वश्चिम लोकमार्गको देउराली चोक नजिक बुधवार दिउसो दुई मोटरसाइक एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन । घाइते हुनेमा निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने भरत चौलागाई र सशस्त्र प्रहरी वल छिन्नमस्ता गणमा कार्यरत पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ घर भएका वर्ष २३ का अनिल कुँवर रहेका छन ।
घाइते चौलागाईलाई निजगढ सिटी हस्पिटलमा उपचारपछि थप उपचारको लागि वीरगन्ज पठाइएको छ भने सामान्य घाइते कुवरको निजगढ सिटी हस्पिटलमा उपचार भइरहेको छ । निजगढ ९ स्थित चौलागाई हार्डवयरका प्रोपराइटर समेत रहनुभएका चौलागाई प्रदेश २(०३(०१९ प ९१२७ नम्बरको मोटरसाइकलमा निजगढको शहिद चोकबाट आउदै गरेको अवस्थामा पूर्वबाट तिव्र गतिमा आउदै गरेको र कुवरले चलाएको प्रदेश २(०३(०१९ प ६२१६ नम्बरको मोटरसाइकलले पसल अगाडिको सडकमा ठक्कर दिएको थियो । घाइते दुबैलाई स्थानीयको सहयोगमा अस्पताल पुर्याइएको थियो । दुर्घटनामा परेको दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखेको प्रहरीले बताएको छ ।