वीरगञ्ज । पाँच लाख घुस लिएर गलत नाता प्रमाणित गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाकाका एक वडाध्यक्षसहित तीन जना बिरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको छ ।घुस रकम लिएर गलत नाता प्रमाणित गरेको आरोपमा बहुदरमाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जितेन्द्र पटेलसहित तीन जना बिरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको हो ।घुस लिएर नाता प्रमाणित गर्ने वडाध्यक्ष पटेल नाता प्रमाणित गराउने सोही स्थानका बिकाशप्रसाद यादव र उनकी पत्नि सँगितादेबी बिरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगको हेटौडास्थित कार्यालयमा मुद्दा दर्ता भएको हो ।बिकाश यादवकी पत्नि संगिता यादवलाई उनकै ससुरा विनोद यादवकी कान्छी श्रीमती भनेर वडाध्यक्ष पटेलले नाता प्रमाणित गरि सिफारिस दिएको निवेदकले दर्ता गराएको निवेदनमा उल्लेख गरिएको छ ।संगिताले बहुदरमाई नगरपालिका– ५ मा रहेको मनकामना प्राविमा कार्यरत रहेका आफनै ससुरा विनोद यादवको कान्छी श्रीमती भएको नाता प्रमाणित गराइ विगत चार वर्षदेखि ससुराको पेन्सन खादै आएको उजुरीमा उल्लेख गरिएको छ ।संगिताका ससुरा विनोद र उनकी श्रीमती मिनादेबी यादवको कालगतिले मृत्यु भएपछि उनका छोरा विकास र बुहारी संगिताले वडाध्यक्षबाट नाता प्रमाणित गराएर पेन्सन खाएको आरोप उजुरीमार्फत गरिएको छ ।संगितालाई नै विनोदको कान्छी पत्नि बनाउन वडा नम्बर २ को वडा कार्यालयमा निवेदन दिएपछि वडा सचिव रामअयोध्या प्रसाद साहले भने विनोदको एकमात्र पत्नि गिता भएको तथा कुनै अर्को पत्नि नभएको भन्दै नाता प्रमाणित गरेका थिएनन ।पछि उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जमा वडा कार्यालय बिरुद्ध नाता प्रमाणित नगरेको भनि परेको मुद्दामा अदालतले वडा कार्यालयबाट जवाफ मागेको थियो । वडा कार्यालयले विनोदको कुनै कान्छी पत्नि नभएको भनि अदालतलाई जवाफ पठाएको थियो । तर, वडाध्यक्ष जितेन्द्र पटेलले विकास र उनकी पत्नि संगितासित पाँच लाख घुस लिएर नाता प्रमाणित गरिदिएको अख्तियारमा दायर भएको उजुरीमा जनाइएको छ ।यसरी घुस लिएर नाता प्रमाणित गर्ने वडाध्यक्ष पटेल, नाता प्रमाणित गराई पेन्सन खाने विकास र उनकी पत्नि संगितालाई कानुन अनुसार दण्ड सजाय गर्न अख्तियारमा उजुरी दर्ता भएको छ ।यता वडा अध्यक्ष जितेन्द्र पटेलले अदालतको आदेश अनुसार नाता प्रमाणित र नागरिकता सिफारीस गरेको बताउनुभयो । उहाँले स्थानीय शासन संचालन ऐन अनुसार नै नाता प्रमाणितको काम वडा अध्यक्षको भएकोले नाता प्रमाणितमा मैले दस्तखत गरेको बताउनुभयो ।

Leave a Reply