हुन त मानिसलाई आवश्यक नपरिकन ऋण लिने कुरै भएन । जीविका चलाउनका लागि पनि रहरले नभइ बाध्यताले मानिसले ऋण लिने गर्दछन् । अलिक वर्ष अगाडि ऋण लिन सहज पनि थियो तर तिर्न भने आनाकानी गरिदा कतिको घर खेत पनि गएकै छ ।त्यसो त ऋण लिनु राम्रो त होइन तैपनि घर व्यवहार चलाउन मानिसले ऋण लिनै पर्दछ । मानिसहरु बैक तथा बित्तीय संस्था, सहकारी र व्यक्तिबाट पनि ऋण लिने गर्दछन ।व्यक्तिबाट लिइने ऋण कानुन विपरित कुरा हो । अब सहकारीबाट लिइने ऋणको कुरा गरौं । हुनत सहकारीबाट लिइने ऋण पनि आफैमा त्यति कानुनसम्वत त छैन तैपनि यसलाई बैधानिकता प्रदान भने गरिएको छ । आम नागरिकहरुको पहुँचमा रहेकोले पनि सहकारी ऋणका लागि निकै सजिलो बनेकै हो ।तर, बारमा सहकारीबाट लिइने ऋण तिर्न पर्दैन भनेर हल्ला गरिएको मात्र होइन अभियान नै संचालन गरिएको पाइएको छ । जुन एकदमै राम्रो पक्ष होइन । ऋण लिएपछि तिर्न नपर्ने भन्ने हुँदैहदैन । राज्यले आफूले कसैको ऋण तिरिदिने बचन दिन्छ भने फरक कुरा नत्र ऋण तिर्दिन भनेर सुख पाइदैन । यस्ता अभियान संचालन गर्नुको अर्थ पनि छैन ।













