आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सिम्रौनगढ नगरपालिकाको सभा कक्षमा मंगलवार भएको कार्यक्रममा आईपीभी अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वयन समिति तथा सरोकारवालाहरुले छलफल गरेका थिए ।सिम्रौनगढ नगरपालिका अन्तर्गतका सम्पुर्ण वडामा आगामी जेठ १३ गतेदेखि विद्यालयमा अध्ययनर २०७३ वैशाखदेखि २०७५ असोजसम्मका तथा समुदायमा रहेका सम्पुर्ण बालबालिकाहरुलाई आई पिभी खोप लगाइने छ ।सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रसासकीय अधिकृत जयनरायण प्रसाद यादवको अध्यक्षता भएको यो कार्यक्रम को सहजीकरण नगरपालिका स्वास्थ्य शाखा संयोजक बिजयशंकर ठाकुरले गर्नुभएको थियो ।यो अभिमुखी कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


















