निजगढ,विद्यासागर माध्यमिक अङ्ग्रेजी बोर्डिङ स्कुल निजगढ नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोछ ।बुधवार सम्पन्न खेलमा आयोजक निजगढ फुटबल क्लबलाई २÷१ गोल अन्तरले पराजित गर्दै बिद्यासागर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १९ आंै मिनेटमा कप्तान रोशन लामाले फ्री किकमार्फत गोल गर्दै बिद्यासागरलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको ३५ औं मिनेटमा आरुस थापाले गोल गर्दै बिद्यासागरको अग्रता दोब्बर बनाए ।निजगढ फुटबल क्लबका कप्तान अङ्कित चौधरीलेले ३९ औं मिनेटमा प्राप्त पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि थप गोल हुन नसक्दा खेल २,१ गोल अन्तरले बिद्यासागरले जित्यो ।खेलको म्यान अफ द म्याच बिद्यासागरका आरुस थापा घोषित भए । प्रतियोगिता अन्तर्गत बिहिवार हुने क्वार्टरफाइनलमा श्री गौरीशंकर माध्यमिक विद्यालय सहिद चोक ए र श्री गौरीशंकर माध्यमिक बिद्यालय सडकटोल बिच प्रतिस्पर्धा हुनेछ । निजगढ फुटबल क्लबद्वारा आयोजित प्रतियोगितामा निजगढ नगरपालिकाभित्रका १० वटा विद्यालयका १२ वटा टिमको सहभागिता रहेको छ ।


















