रौतहट,रौतहट प्रहरीले अवैध भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको रकमसहित प्रहरीले दुईजना लाई पक्राउ गरेको हो । सिमावर्ती ईशनाथ नगरपालिका वडा नम्बर १ बंजरहा टोल लालबकैयाको बाँध नजिक चेकजाँचको क्रममा बा ३९ प १६९१ नम्बरको मोटरसाईकलमा सवार गौर नगरपालिका ४ टिकुलियाका वर्ष ३० का सुखाडी सहनी र गरुडा नगरपालिका १ जयनगरमा वर्ष ३५ का अनिल भन्ने बिकास साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले बताउनुभयो ।
पक्राउ परेका दुबै जनालाई झण्डै दुई लाख भारतीय रुपैयाँ र मोटरसाइकल सहित आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।