कास्की – मंगलवारदेखि पोखरामा शुरु हुने २३ औँ आहा रारा पोखरा गोल्डकमा १२ वटा टोली सहभागी हुने भएका छन् ।प्रतियोगितामा साविक विजेता सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, चर्च ब्वाइज, सशस्त्र प्रहरी बलको एपीएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुने आयोजकले जानकारी दिएको छ । विदेशी टोलीमा भुटानको पारो फुटबल क्लबले प्रतिस्पर्धा गर्ने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । उद्घाटन खेलमा सहारा र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको विजेता टोलीले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सहभागी प्रत्येक टोलीलाई प्रत्येक खेलको २० हजार र अन्तिम ८ खेल्नेलाई ३० हजार र सेमिफाइनल खेल्नेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने क्लबक अध्यक्ष केशव बरालले जानकारी दिनुभयो । पुरस्कारमा मात्रै २८ लाख ३२ हजार रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो ।प्रतियोगिता यही २० गतेसम्म पोखरा रङ्गशालामा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ४९ लाख खर्च लाग्ने र १ करोड ८६ लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here