निजगढ,दिपावलीको अवसरमा बागदेब हाइटले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधिको लागि निजगढ सिटी क्लब र आयोजक बागदब हाइटले प्रतिस्पर्धा गर्ने भएका छन ।

निजगढ नगरपालिका वडा नम्बर ४ शिखरवस्तिमा जारी फुटबल प्रतियोगता अन्तरगत आइतबार भएको खेलमा मकवानपुर बकैया गाउँपालिका सरस्वती डाँडाको न्यु स्टार सरस्वतीलाई ३÷० ले हराउदै निजगढ सिटीले फाइनलमा स्थान बनाएको हो ।

आयोजक बागदेब हाइटले भने यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । निजगढ सिटीको लागि मध्यान्तरपछि रोहन थापा, रुपेश कुवरले एक÷एक गोल गरेका थिए । न्यु स्टार सरसस्वतीले मध्यान्तरअघि नै आत्माघाती गोल बेहोरेको थियो । प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजक समितिका हिराप्रसाद हुमागाईले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी टोलीले १५ हजार र उपविजेताले १० हजार नगद र ट्रफी प्राप्त गर्ने छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here