पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको जनता माध्यमिक विद्यालय रजघट्टालाई राष्टिय बाणिज्य बैंक लिमिटेडले सम्मान गरेको छ ।बैङ्कको ५९औंं वार्षिकत्सवको अवसरमा बैंकसँग निरन्तर कारोबार गरेको आधारमा बुधवार सम्मान गरेको हो ।बैंकको सिमरा शाखामा आयोजित वार्षिकत्सव कार्यक्रममा बैंकका शाखा प्रबन्धक निरोज पाण्डेले विद्यालयका प्रधानाध्याक राजु अधिकारीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

‘बैंकले प्रदान गरेको बैंकिङ्ग सेवा सुविधामा विश्वास गरी बैंकसँग निरन्तर कारोबार गरेको र आगामी दिनमा पनि यस्तै विश्वास र साथको अपेक्षा गर्दै बैंकको ५९औं बार्षिकत्सवको उपलक्ष्यमा यो सम्मान प्रदान गरिएको छ ।’ प्रशंसा पत्रमा उल्लेख छ ।सो अवसरमा अन्य ३ जना उत्कृष्ट कारोबारकर्तालाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा सतिस गल्ला भण्डार जीतपुर, लक्ष्मी आयल स्टोर प्रा.लि. अमेखगंजं र न्यु सन्देश किराना पसल सिमरा रहेका छन् ।
उनीहरुलाई पनि निरन्तर असल कारोबारको अपेक्षा सहित उत्कृष्ट ग्राहकको रुपमा सम्मान गरिएको शाखा प्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक गंजभवानीपुर शाखाले वार्षिकोत्सवको अवसरमा बाराको महागढीमाई नगरपालिकाका सेवाग्राहीहरुलाई सम्मानित गरेको छ ।सम्मानित हुनेमा न्यु गढीमाई ज्वलर्स, प्रवेज किराना पसल, रोशन खाद्यान भण्डार, उदयप्रसाद यादव, रोशनी देवी जयसवाल, राज ईन्टर प्राईजेज लगायत संस्था र सेवाग्राहीहरु रहेका छन ।
बैंक शाखा प्रबन्धक जयसिह कार्कीको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा महागढीमाई नगर.उद्योग बाणिज्य संघका अध्यक्ष रुसतम अंसारी, महासचिव रामबाबु जयसवाल, समाजसेवी मंसुर मिया अंसारी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply