कलैया,मुस्लिम समुदायको पवित्र पर्व रामजान (इदउलफित्र) को अवसरमा प्रदेश २ ले शुक्रवार सार्वजनिक बिदा दिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै घरमै बसेर स्वास्थ्य मापदण्डको पालना गरी सुरक्षित रुपमा पर्व मनाउन पनि आग्रह गर्नुभएको छ । बिहिवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले पर्वले भातृत्वको विकास र सुख तथा शान्तिको स्थापित होस् भन्ने कामना गर्नुभएको छ ।