सिमरा,मधेश प्रदेशसभाका पूर्व सदस्य तथा नेकपा एमालेका प्रदेश सचिवालय सदस्य सुन्दर विश्वकर्मा स्कुटर दुर्घटनामा परी घाइते हुनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित दुधौरा पुलमा विकले चलाएको स्कुटर दुर्घटना भएको हो ।दुर्घटनामा विकको दाहिने खुट्टामा चोट लागेको परिवारले जनाएको छ । विकका छोरा अनिल विश्वकर्माका अनुसार दाहिने खुट्टा भाच्चिएको छ ।विकको जीतपुरसिमरा नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लागिएको परिवारले जनाएको छ ।विक मधेस प्रदेशसभाका पूर्व सदस्य हुनुहुन्छ । उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र ४(१) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । हाल उहाँ एमालेको प्रदेश सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।

Leave a Reply